७ आश्विन २०८१, सोमबार

ठाकुरले प्रधानमन्त्री देउवालाई भेटेर माग पूरा गर्न आग्रह गरे

प्रकाशित मिति :  21 July, 2021 2:13 pm


काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माग पूरा गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले विश्वासको मत दिन आग्रह गरी लेखेको पत्रमा मधेशका जायज माग पूरा गर्ने ठाकुरलाई वचन दिएका थिए ।

सो पत्रका आधारमा देउवा र ठाकुर बिच भएको छलफलबाट ठाकुर समूहले देउवालाई मतदान दिने निर्णय गरेका थिए ।

सोही विषयमा ध्यानाकर्षण गराउन जसपा अध्यक्ष ठाकुर बुधबार बिहान बालुवाटार पुगी सो आग्रह गरेको पार्टीका नेताहरूले जनाएका छन् ।

देउवाले आफूहरूको मााग पूरा गर्ने बताएपछि मतदान गरेको ठाकुर पक्षीय नेताहरूले बताएका हुन् ।

जसपाको ठाकुर पक्षले संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरी लगायतका राजवन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसंख्याको अनुपातमा पुनःसंरचनालगायतका समस्या समाधानको विषय यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पनि उठाएका थिए ।

ओलीले माग पूरा गर्छु भनेका काारण यसअघि ओलीलाई समर्थन गरेको र अहिले देउवाले माग पूरा गर्छु भनेकाले देउवालाई मतदान गरेको ठाकुर पक्षीय नेताहरूको भनाइ रहेको छ ।

पार्टी नेताका अनुसार बिहान ९ बजे ठाकुर बालुवाटार पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !