७ आश्विन २०८१, सोमबार

प्रतिगमन ढल्न थालेपछि ढलिरहने हो, पर्खि बसौं , पार्टी भित्र पनि ढल्छ–नेपाल

प्रकाशित मिति :  21 July, 2021 3:01 pm


काठमाडौ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले ‘प्रतिगमन ढल्न थालेआफू ढलिरहने हो, पर्खि बसौं , पार्टी भित्र पनि ढल्छ’आफ्ना पक्षका नेताहरूलाई विश्वास दिलाएका छन् ।

नेपाल पक्षीय स्थायी कमिटी बैठकमा सहभागी एक नेताले जनाए अनुसार तत्काल ओलीलाई पहल गर्न दिने नीति लिइने ती नेताले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा भाग लिने, पार्टी एकताका लागि कस्तो नीति लिने भन्ने विषयमा मंगलबार आफूपक्षीय सांसदसँग छलफल गरेका नेता नेपालले बुधबार थायी कमिटी सदस्यसँग छलफल गर्न लागेका हुन् ।

पार्टीलाई महाधिवेश गर्नुपर्ने भएकोले महाधिवेशन आयोजक कमिटी बनाउन नै एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाह्रो हुने भएको छ । त्यतिमात्रै होइन नेपाललाई कारबाही पनि गर्न नसक्ने अवस्थामा ओली पुगिसकेका छन् ।

प्रधानमन्त्री देउवालाई आइतबार नेता नेपालसहित २२ सांसदले विश्वासको मत दिएका थिए। जसम्ध्ये ८ जना पार्टी अध्यक्ष केपी शर्मा ओली निकट समेत थिए। नेपाल निकट मानिएका १० सांसदले भने बैठक बहिष्कार गरेर हिँडेका थिए।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसदहरूले पार्टीमै रहेर संघर्ष गर्नुपर्ने निष्कर्ष निकालेकाले कतिपयमा उत्सुकता बढेको ती नेताको भनाइ छ ।

जसरी ओलीले संसदलाई पटक पटक विघटन गरे चालेका चाल असफल भए त्यसरी पार्टी भित्र ओली असफल हुने साथीहरूले अडिग भएर बस्नुपर्ने आवश्यकता मात्र रहेको नेताले नेपालले बताएको ती नेताले जनाए ।

ओलीले प्रधानमन्त्री देउवालाई भोट दिएकोमा कारबाही गर्न खोजे त्यस विरूद्ध अदालतमा अदालतको अपहेलना मुद्दा लिएर जाने बताइसकेका छन् ।

ओली पक्षका पार्टी संरचनामा र संसदमा रहेकाहरू विस्तार नेपालको सम्पर्क बढाइरहेकाा छन् ।

ओली पक्षका लागि माधव नेपालले लिएको विचार समसामयिक साबित भइसकेको विषय हो । ओलीका लागि मरिहत्ते गर्नुपर्ने कारण के हो भन्ने विषयमा छलफल गरी नेता नेपालको नेतृत्वमा पार्टी अगाडि बढाउने योजना बनिरहेको ती नेताले जनाए ।

ओलीका हुनुमानहरूले हनुमान जुलुश लगाउनुको पछाडि , नेपालको घर नजिक नेता नेपालको पुत्ला जलाउने उच्छृंखल काम पराजयको पराकाष्ठाको अभिव्यक्ति भएको ती नेताले जनाए ।

ओलीले नेपाल बाहेकसँग एकता गर्ने अभिव्यक्ति पछाडिको बुझाइ उनी पराजित भइसको र उनको अहंले त्यसलाई अहिले स्वीकार गर्न नदिएको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस !