५ आश्विन २०८१, शनिबार

अस्ट्रेलियामा कोरोनाबारे कुराकानी गर्न रोक

प्रकाशित मिति :  21 July, 2021 5:12 pm


काठमाडौ । कोरोनाको नयाँ संक्रमण सार्वजनिक भएपछि अष्ट्रेलियाको सिड्नीमा लकडाउन जारी राख्दै कुराकानी नगर्न समेत आग्रह गरिएको छ ।

न्यू साउथ वेल्सका उच्च स्वाथ्य अधिकारी डा. केरी च्यान्टले संवाद गर्नेहरू मास्क नै लगाए पनि कुराकानी नगर्न आग्रह गरेकी छन् । च्यान्टले भनिन्,“अरुसँग संवादमा संलग्न हुन मैत्री भएपनि दुर्भाग्यले अहिले यो संवाद गर्ने काम होइन ।”

मास्कले मात्रै समग्र सुरक्षा प्रदान गर्न नसक्ने बताउँदै च्यान्टले बासिन्दाहरूले एक अर्कासँग बोल्ने काम बन्द गर्नुपर्ने आग्रह गरेकी छिन् ।

वैश्विक महामारी सुरु भएदेखि अस्ट्रेलियामा पटक पटक लकडाउन भए आएको छ । गतसातादेखि पाँचौ पटक लकडाउन लगाइएको छ ।

अमेरिकाका डा. एन्थनी फाउची जस्तै अस्ट्रेलियाको मुख्यधारका मिडियामा डा.च्यान्ट महामारी विरूद्धको लडाइँमा मुख्य अगुवा बनेकी छिन् । न्यु साउथ वेल्सले उनको नाम सन् २०२१को वर्ष महिलाको रूपमा घोषणा गरेको छ ।

च्यान्टले बासिन्दाहरूलाई घरमै बस्न र मित्र तथा परिवारको घरमा गएर रमाउने बानीमा रोक लगाउन आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस !