७ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री देउवा र महासचिव विप्लवसहितका नेताबीच छलफल, ३ बुँदे सहमति कार्यान्वयन गरिने

प्रकाशित मिति :  21 July, 2021 6:46 pm


काठमाडों । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा नेकपा तर्फबाट महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता एवं वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सहभागि थिए ।

छलफलमा गृहमन्त्री बालकृष्ण खाँणपनि सहभागि थिए । छलफलमा प्रधानमन्त्री देउवाले केपी ओली नेतृत्वको सरकारसँग नेकपाले गरेको तीन बुँदे सहमति कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन् ।

भेटमा सहभागि नेकपा केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले प्रधानमन्त्री शेरबहादुर देउवाले ३ बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जानकारी गराएका छन् ।

पछिल्लो समय नेकपाले सबै दलका शिर्ष नेताहरुसँग छलफल र भेटघाट गरिरहेका छन् ।

ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति भएपछि नेकपा खुल्ला राजनीतिमा आएको थियो भने गत फागुन २१ गते नेकपाका महासचिव विप्लवसहित शिर्ष नेताहरु सार्वजनिक भएका थिए । तर तीन बुँदे सहमतिमा रहेका विषय सरकारका तर्फबाट अझै कार्यान्वयन नभएको भन्दै नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !