७ आश्विन २०८१, सोमबार

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक, न्यूनतम साझा कार्यक्रमका लागि जोड

प्रकाशित मिति :  21 July, 2021 7:17 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति बैठक बोलाएको छ । आज बसेको स्थायी कमिटी बैठकले साउन २० गते केन्द्रीय समितिको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठक बस्नुअघि साउन १७ गते स्थायी समितिको बैठक पनि बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न भनेको छ ।

उनले भने,“गठवन्धनको नीति योजना,कामकारबाही, व्यवहार, आचरण पहिला हामीले जुन कुराका विरुद्ध संघर्षमा आफूलाई प्रस्तुत गरेका थियौं, र जसरी आफू प्रस्तुत हुन्छौं भनेर जनतासामु प्रतिबद्धता व्यक्त गरेका थियौैं त्यसमा नै दृढतापूर्वक अगाडि बढ्नुपर्छ भन्ने हो ।”

हिजो जुन प्रवृद्धको विरुद्धमा लडेको हो त्यो प्रवृत्ति दोहोराउन नहुनेमा बैठकले जोड दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । श्रेष्ठले सरकारका न्यूनतम साझा कार्यक्रम तथा साझा प्रतिबद्धताहरू मार्फत अगाडि बढ्नुपर्नेमा बैठकले जोड दिएको बताए ।

उनले भने,“गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताहरु मार्फत अगाडि बढाउनुपर्ने भएकोले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरूसम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा साझा प्राथमिकताका कार्यक्रमहरूर प्रतिवद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ ।”



प्रतिक्रिया दिनुहोस !