७ आश्विन २०८१, सोमबार

निर्वाचन आयोगले जसपा कार्यकारिणी समितिको सनाखत गर्ने,सक्कलप्रति नागरिकतासहित बोलायो

प्रकाशित मिति :  22 July, 2021 6:28 pm


काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाउने निर्णय गरेको छ ।

अध्यक्ष दिनेश थपलियासहितको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको जसपाका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । जसपाको कार्यकारिणी समितिमा ५१ सदस्य छन् ।

अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव दुबैले आफूसँग बहुमत रहेको दाबी गर्दै आएका छन् । आयोगले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पछि विस्तार गरेको समितिका पदाधिकारीलाई दिन अस्वीकार गरेको छ । आयोगले नागरिकताको सक्कलप्रतिसहित उपस्थित हुन भनेको छ ।



प्रतिक्रिया दिनुहोस !