९ माघ २०८१, बुधबार

यस्तो छ आगामी २४ घण्टाको मौसमी अवस्था

प्रकाशित मिति :  23 July, 2021 7:09 am


काठमाडौं । प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गतको महाशाखाले यि क्षेत्रमा पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदि नाला र खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध गरेको छ ।

विहान मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको भन्दै दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको देखिएको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !