४ आश्विन २०८१, शुक्रबार

‘विपद्‌का कारण कम्तिमा ६.५ प्रतिशत नेपालीले सम्पत्ति गुमाए’

प्रकाशित मिति :  23 July, 2021 1:47 pm


काठमाडौं । विश्व बैंकले विभिन्न किसिमका विपद्‌का कारण सन् २०१६ देखि २०१८ का बीचमा कम्तिमा साढे ६ प्रतिशत नेपालीले आफ्नो सम्पत्ति गुमाएको बताएको छ । बैंकले हालै तयार पारेको नेपालसम्बन्धी एक विश्लेषणपत्रमा बाढी, सुक्खा, पहिरोलगायतका विपद्‌‌का कारण बढेको गरिबीलाई इ‍ंगित गर्दै यस्ता विपद्जन्य घटनाका कारणमात्र ६.५ प्रतिशत नेपालीले आफ्नो सम्पत्ति गुमाएको उल्लेख छ ।

यसअघि विश्व बैंकले नै २०७२ को भूकम्पका कारण नेपालमा कम्तिमा ३ प्रतिशतले गरिबी थपिएको उल्लेख गरेको थियो । बैंकको पछिल्लो विश्लेषणलाई आधार मान्दा सन् २०१५ देखि २०१८ को बीचमा गरिबको रेखाआसपासका थप करिब ९ प्रतिशत नेपाली पुनः गरिबीमा धकेलिएको देखिन्छ ।

यद्यपि, बैंकले पछिल्लो साढे ६ प्रतिशतलाई ‘गरिबी बढेको’ नभनी ‘सम्पत्ति गुमाएको’ भनेर व्याख्या गरेको छ भने कोभिड-१९ का व्यापक गरिबी बढेको भनेर उल्लेख गरे पनि कति प्रतिशतले गरिबी बढ्यो भनेर उल्लेख गरेको छैन ।

नेपालमा पछिल्लो जीवनस्तर मापन सर्वे २०११ को समायोजित तथ्यांकअनुसार २५ प्रतिशत नेपालीहरू गरिबीको रेखामुनि रहेको भन्दै बैंकले प्राकृतिक प्रकोप, महामारी र अन्य आर्थिक धक्काहरूका कारण पुनः चरम गरिबीमा धकेलिने संवेदनशील परिवारहरूको संख्या निकै ठूलो रहेको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !