७ आश्विन २०८१, सोमबार

एमाले नेता रावलले सभामुखलाई दिएको राजीनामा फिर्ता लिए

प्रकाशित मिति :  23 July, 2021 1:01 pm


काठमााडौ । एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।

निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरी सभामुखलाई त्यो राजीनामा बुझाएका थिए ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु उचित ठानेको भन्दै राजीनामाा दिने निर्णयमा पुगेका रावलको राजीनामा सभामुखले सदर गर्न बाँकी रहेको थियो ।

राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गरेका थिए ।

एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । अर्कोतर्फ बरिष्ठ नेता माधव नेपालले पनि उनकै निवास पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

एमाले नेताहरूले सभामुखलाई तत्काल राजीनामा स्वीकृत नगर्न भनेकाले उनको राजीनामा स्वीकृत गर्ने प्रक्रिया अगाडि नबढेको सभामुखको कार्यालयबाट जानकारी प्राप्त भएको हो ।



प्रतिक्रिया दिनुहोस !