७ आश्विन २०८१, सोमबार

अन्य दलभित्रका नेतासँग छुट्टै गठबन्धन नबनाउने एमालेको प्रतिबद्धता

प्रकाशित मिति :  23 July, 2021 2:01 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै दलभित्रका नेतासँग छुट्टै गठबन्धन नबनाउने प्रष्ट पारेको छ ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरूले अरु दलभित्रका नेतासँग छुट्टै गठबन्धन नबनाउने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेम्वाङले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री भएकोमा बधाई दिँदै भने,“तपाईंको पार्टीभित्रको कोही मित्रहरूसँग छुट्टै गठबन्धन बनाउँदैनौं ।”

माधव नेपाल पक्षसँग कांग्रेस र माओवादी केन्द्रको गठवन्धनबारे नेम्वाङको यो टिप्पणी थियो । उनले अहिले देउवा जनमत भन्दा पनि सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्री भएको भन्दै यो अलोकतान्त्रिक शैली भएको बताए ।

उनले पार्टीबाट निर्वाचित भएका सांसद स्वतन्त्र हुन्छ भन्ने दलिय व्यवस्थाको विरोधमा भएको तर्क गरे । अहिले नेम्वाङले अहिले एउटै पार्टीभित्रका सांसद सत्तापक्ष र प्रतिपक्षमा बस्दा सहज नदेखिएको बताए ।

उनले भने,” यो बेठिक हो, असंसदीय हो, यो संविधान विपरित हो, अलोकतान्त्रिक हो । यो कुरा हामी जान्दछौं भन्दाभन्दैपनि तपाईंहरूले उहिलेदेखि हामीसँग सहकार्य गरिरहँदा जहिले पनि यी कम्युनिष्टहरू यो लोकतान्त्रिक मुल्य र मान्यता जान्दैनन् भनेर तपाईंहरूले हामीलाई सम्झाउने गरेको मलाई सम्झना छ । त्यसै भित्र यो पर्छ ।”



प्रतिक्रिया दिनुहोस !