७ आश्विन २०८१, सोमबार

आफ्ना केही सांसदले सहयोग नगरेको भए संसद विघटन हुने थिएन भन्ने जसपा नेताको भनाइ

प्रकाशित मिति :  23 July, 2021 3:05 pm


काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार पाँच दलीय गठबन्धनको सरकार भएको जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले संसदमा बताएका छन् ।

प्रतिनिसभालाई दुई दुई पटक विघटन गर्ने काम गलत भएको बताउँदै यादवले हाम्रा माग पनि यो संविधानले पूरा नगरेको बताए ।

तर हामीले यो संविधानलाई सुरक्षित गरी अगाडि बढ्नुपर्ने भएर यसको रक्षाका लागि लड्ेर यो सरकार बनेको हो ।

यो संविधान बमोजिम शेरबहादुर देउवाले हाम्रा मागहरू, जनताका चाहनाहरू लगायत देश हितको माग पूरा गर्नुपर्ने काम गर्ने हाम्रो विश्वास भएकाो उनले जनाए । हाम्रा केही मानिसले केपी ओलीलाई साथ नदिएको भए दोस्रो पटक प्रतिनिधिसभा विघटन हुने थिएन् ।

हामी त्यसैले पार्टी विभाजनको समस्या लिएर निर्वाचन आयोगमा रहेको उनले जनाए ।

प्रधानमन्त्री देउवाले नेतृत्वको सरकार सफलतापूर्वक चल्ने विश्वास तथा बधाइ यादवले व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !