७ आश्विन २०८१, सोमबार

भिजिबल हुने गरी केही गर्छौं–देउवा

प्रकाशित मिति :  23 July, 2021 3:36 pm


काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको वाचा पूरा गर्ने बताएका छन् । उनले भने “जे वाचा गरेको छु पूरा गरी छोड्छु ।”

देशमा कोरोना महामारी नियन्त्रणका विषयमा प्रधानमन्त्री देउवाले सक्दो सबै ताकत लगाउने विश्वास दिलाउँदै भने “ ऋणलिएर, सापटी लिएर, जहाँजहाँबाट भएपनि कोभिडको खोप ल्याउँछौ ।”

आर्थिक परिदृश्यको बारेमा यो वर्षको सात महिना बितिसकेको बताउँदै देउवाले भने “ तर भिजिबल हुने (देखिने गरी) गरी केही गर्छौ ।”

आफ्नो टीममा अनुभवी मन्त्रीहरू रहेको , पुष्पकमल दाहाल जस्ता सहयोगी भएकोले सबैको सहयोगबाट यस्तो गर्ने विश्वास देउवाले व्यक्त गरे ।

सदनमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा देउवाले यस्तो बताए ।

सोही अवसरमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा महालेखा परीक्षकको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई बुझाएका थिए ।



प्रतिक्रिया दिनुहोस !