लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौं । सरकारले मध्यम तथा लामो दूरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । साउन ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने भएको हो ।
जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रीपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न भनेको छ ।
प्रशासन कार्यालयले अनिवार्यरुपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ ।
कोरोना संक्रमणको दास्रो लहर फैलिएसँगै लामो तथा छोटो दुरीका साथै सवै सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । स्थानीय तहमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन भएपनि लामो तथा मध्यम दुरीका यातायात भने सञ्चालन भएका थिएनन् ।