५ आश्विन २०८१, शनिबार

टोकियो ओलम्पिकको उद्घाटन भयो

प्रकाशित मिति :  23 July, 2021 5:39 pm


काठमाडौ । कोरोनामहामारीका कारण एक वर्ष ढिला गरी आयोजना गरिएको ओलम्पिक टोकियो ट्वेन्टी ट्वेन्टीको उद्घाटन भयो ।

कोरोनामहामारी फैलिन सकिने भएकााले दर्शकहरूलाई रंगशालामा प्रवेश गर्न रोक लगाइएको छ ।

एक हजार भन्दा कम दर्शकहरू माझ यो ओलम्पिक उदु्घाटन समारोहको आयोजना गर्न अनुमति दिइएको थियो ।

खेलको सुरुआत जापानका सम्राट नरुहितोले गर्ने भएका छन् ।

रंगशालामा ओलम्पिकको मशाल प्रज्वलित गर्ने खेलाडीकाो नाम गुप्त राखिएको छ ।

आयोजकहरूले खेल सुरु भएपछि आयोजनासम्बन्धी आलोचनामा कमी आउने अपेक्षा गरेका छन् ।

हिजो मात्रै ओलम्पिक समारोह कार्यक्रमका जिम्मा पाएका अधिकारीलाई पदबाट हट्नु परेको थियो ।

आयोजक समितिका विभिन्न पदाधिकारीहरूलाई विभिन्न कारणले पदबाट राजीनामा गर्नुपरेको देखियो ।



प्रतिक्रिया दिनुहोस !