तेह्रथुम पावर कम्पनीको आइपीओ संकलन केन्द्र थप
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ आवेदन संकलन केन्द्र थप गरेको छ ।
यसअघि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बंगलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।
अहिले सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा, तेह्रथुमबाट पनि आवेदन दिन सकिने भएको हो ।
कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर जारी गरेको हो । यो आईपीओ खरीदका लागि छिटोमा साउन १९ गतेसम्म र ढिलोमा भदौं २ गते सम्म आवेदन दिन सकिनेछ ।