५ आश्विन २०८१, शनिबार

खाने कोरोना औषधिको क्लिनिकल परीक्षण इजरायलमा सुरु

प्रकाशित मिति :  23 July, 2021 6:08 pm


काठमाडौ ।  खाने कोरोना औषधिको क्लिनिकल परीक्षण इजरायलमा सुरु गरिएको छ ।

क्याप्सुलको रूपमा विकास गर्न लागिएको यो खोपका विकासकर्ताहरूले सफल भए यो ‘गेम चेन्जर’ बन्ने विश्वास व्यक्त गरेका छन् ।

जेरुसलममा आधारित ओरामेद फर्मास्युटिकल्सले तेल अभिभको सउरास्की मेडिकल सेन्टरमा यसको क्लिनिकल परीक्षणका लाागि अनुमति प्राप्त गरेको छ । खोप नलिएकाा २४ स्वयमसेवकलाई यसमा सामेल गरिएको छ ।

भारतको प्रतिष्ठान पे्रमास बायोटेकले कोरोना खोपका लाागि एक क्याप्सुलले पुग्ने गरी विकास गरेको छ ।

ओरामेदले मार्चमा चक्कीलाई सुुँगुरहरू र जनवारहरूमा यसको प्रयोग गर्दा तिनीहरूले एन्टीबायोटिक उत्पादन गर्न थालेको घोषणा गरेको थियो ।

इन्जेक्सको ठाउँमा मुखमा खाने औषधिको विकास गर्ने कम्पनीको रूपमा परिचय बनाएको कम्पनीले दोसो प्रकारको मधुमेहकाले इन्सुलिन क्याप्सुलको परीक्षण पनि गरिरहेको छ ।

अहिले कोरोनाभाइरसका खोपहरू एक वा दुई इन्जेक्सनको माध्यमबाट दिने गरिएको छ ।

ओरामेदका प्रमुख कार्यकारी नदाभ किद्रोनले टाइम्स अफ इजरायलसँग कुराकानी गर्दै कोरोना खोपको क्याप्सुल स्वरूपको परीक्षण अर्को महिनासम्म पूरा भइसक्ने जनाए , एक पटक इजरायलको स्वास्थ्यमन्त्रालयबाट यसको अन्तिम अनुमति आउनुपर्ने हुन्छ ।

यो खोप क्याप्सुल डेल्टा भ्यारियन्टका लागि धेरै असरदार हुने उनले विश्वास व्यक्त गरेका छन् । कम खोप भएको क्षेत्रमा यसले गेम चेन्जरको काम गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !