५ आश्विन २०८१, शनिबार

हैटीका राष्ट्रपतिको हत्या गर्ने सात जनालाई तालिम दिएको अमेरिकी रक्षा मन्त्रालयद्वारा स्वीकार

प्रकाशित मिति :  23 July, 2021 6:34 pm


काठमाडौ । अमेरिकी रक्षामन्त्रालय पेन्टागनले हैटीका राष्ट्रपतिको हत्या गर्ने सात जनालाई तालिम दिएको स्वीकार गरेको छ । तर पेन्टागनले हैटीका राष्ट्रपतिको हत्या गर्न प्रोत्साहन नगरेको जनाएको छ ।

कोलम्बियन सेनामा रहेका पूर्व सदस्य सात जनालाई तालिम दिइएको अमेरिकी रक्षामन्त्रालयका प्रवक्ता जोन किर्बीले बताए । पेन्टागनले यस्ता तालिम दिनु समान्य हो तर यसले हैटीका राष्ट्रपतिको हत्या गर्नेसम्मका काम नगरिएको उनले जनाए ।

तर ती सात जनाको विवरण भने किर्बीले खुलाउन इनकार गरे । उनले भने “ विकास कार्यका क्याडेट लिडरसीप, लागु औषध प्रतिरोधी अपरेसन, पेशाकर्मीको विकास, सानो एकाइको अगुवा तालिम,मानवअधिकार तालिम, आपत्कालीन चिकित्सा तालिम , हेलिकप्टर मर्मतसम्भार तालिम जस्ता यो तालिम रहेको छ ।”

हैटीका राष्ट्रपति जोभेनल मोइसेलाई उनको निवास निकट गोली हानी यो महिनाको सुरुमा हत्या गरिएको थियो । हत्याहरूमा धेरै कोलम्बियन सेनाका पूर्व सदस्यहरू रहेका थिए । उनीहरू अमेरिकास्थित निजी सुरक्षा कम्पनीमा गरी आएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !