७ आश्विन २०८१, सोमबार

नेता नेपालले भने,‘महाराजाधिराजबाट आम माफीको आदेश आयो’

प्रकाशित मिति :  23 July, 2021 7:05 pm


काठमाडौ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली महाराजधिराज भएको भएको व्यङ्ग्य गरेका छन् ।

एमाले अध्यक्ष ओलीले माधव नेपाल समेतलाई आम माफी दिएको प्रसङलाई उल्लेख गरी एमाले नेता नेपालले यस्तो बताएका हुन् ।

शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले ओली अझै सुध्रिनसकेको बताए।

उनले भने “माधव नेपाललगायत माननीय सदस्यमाथि आममाफी भनेर महाराजाधिराजबाट हिजो आदेश आयो । हामी गदगद भयौं हामीलाई आममाफी भएछ भनेर गदगद भएर हाँस्नु!”

सुध्रिएको भए माफी हुने कुरो आउने थिएन आशय व्यक्त गर्दै उनले भने,“ स्पष्टीकरण सोध्नु गलत थियो, मैले फिर्ता लिएँ भनेर भनेको भए के उनको कद घट्ने थियो त? थिएन नि।”



प्रतिक्रिया दिनुहोस !