७ आश्विन २०८१, सोमबार

कांग्रेस केन्द्रीय कार्यालयमा जारी अनसन तोडाउने जिम्मा महत दाजुभाईलाई

प्रकाशित मिति :  23 July, 2021 7:38 pm


काडमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा जारी अनसन तोडाउने जिम्मा नेपाली कांग्रेस नेता महत दाजुभाईलाई दिइएको छ ।

नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा गत १३ दिनदेखि अनसन बसेकाहरूसँग छलफल गरी अनसन तोडाउने जिम्मेवारी डा. रामशरण महत र डा. प्रकाशशरण महत दाजुभाईलाई दिइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले जारी अनसन तोडाउन यस्तो निर्णय गरेको हो ।

भाई सहमहामन्त्री प्रकाशशरण महत देउवा निकट र केन्द्रीय सदस्य रामशरण महत दाजु पौडेल पक्षका नेता मानिन्छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !