७ आश्विन २०८१, सोमबार

प्रचण्ड भन्छन् ‘ गठबन्धन टुटाउने कसरत अझै भइरहेछ ’

प्रकाशित मिति :  24 July, 2021 1:09 pm


काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गठबन्धनलाई टुटाउने कसरत अझ भइरहेको बताएका छन् ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेकपाका संस्थापक दिवंगत नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसको अवसरमा बोल्दै दाहालले शनिबार यस्तो बताए ।

एमालेभित्रै ‘आममाफी’को घोषणा गठबन्धन टुटाउने कसरत भित्रको प्रयास भएको उनले बताए ।

एमालेभित्र फर्मान जारी भएको , कहाँ प्वाल छ भनेर खोज्न बताउँदै उनले भने “ प्रतिक्रियावादीहरूले टर्च बालेर हेरिरहेका छन । एमसिसीले होला कि टिआरसीले होला उनीहरू घनीभूत प्रयास गरिरहेको उनको भनाइ थियो ।

प्रचण्डले भने “ हामीले गठबन्धन बनायौं । गठबन्धनमै दत्तचित्त र योगदान भएका साथीहरूलाई ढलाउन खोजियो पनि । केही साथी नपत्याउँदो गरी ढलिदिनु पनि भयो । त्यो त्यतिकै ढलेको भन्न मिल्दैन । गम्भीर ढंगले त्यहाँ काम भएको छ ।”



प्रतिक्रिया दिनुहोस !