७ आश्विन २०८१, सोमबार

विप्लवद्वारा राजनीतिक भेटलाई निरन्तरता, जसपा अध्यक्ष ठाकुरसँग छलफल

प्रकाशित मिति :  24 July, 2021 1:39 pm


काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक भेटघाटलाई कायमै राखेका छन् ।

पछिल्लो एकहप्तामा सबै दलका शिर्ष नेतासँग राजनीतिक भेटघाट र छलफलाई तिब्रता दिएका छन् । कोरोना संक्रमण कम भएसँगै विप्लवले राजनीतिक भेटलाई तिब्रता दिएका थिए ।

आज मात्रै जनता समाजवादी पार्टीका एकजना अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् । छफफलबारे औपचारिक धारणा सार्वजनिक नभएपनि पछिल्लो भेटघाटकै निरन्तरताको रुपमा हेरिएको छ ।

अहिलेसम्म विप्लवले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस !