५ आश्विन २०८१, शनिबार

सीको तिब्बत भ्रमणले हल्लिएको दिल्ली

प्रकाशित मिति :  24 July, 2021 1:54 pm


काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतको अपर्झट भ्रमण गरेपछि भारतको नयाँ दिल्ली हल्लिएको टिप्पणी कुटनीतिक तथा सामरिक क्षेत्रका विज्ञहरू माझ चर्चा चल्न थालेको छ ।

भारतको अरूणचल प्रदेश जोडिएको क्षेत्र तिब्बतको ल्हास तथा नियंग्ची शहरको भ्रमण सीले पूर्व घोषणा बिना नै गरेकाले भारतका लागि चिन्ताको विषय बनेको छ ।

सीले शुक्रबार तिब्बतका निर्वाचित धार्मिक नेता दलाइ लामाको घर मानिएको पोटाला बजार पुगेर सम्बोधन गरे । चिनियाँ मिडियाका अनुसार सी बुधबार न्यिंग्ची मेनल्यान्ड एयरपोर्ट पुगेका थिए । अहिलेसम्म चिनियाँ राष्ट्रपतिको रूपमा यो क्षेत्रको भ्रमण गर्ने सी पहिला नेता हुन भने सन्२०१३माा सत्ता सम्हालेयता पहिलो पटक तिब्बतको भ्रमणमा निस्केका हुन् ।

चिनियाँ सरकारको विरूद्ध तिब्बतलाई विद्रोही राज्यको रूपमा मानिन्छ । निर्वासित धार्मिक नेता दलाइ लामा भारतको धर्मशालामा निर्वासित सरकार सञ्चालन गरिरहेका छन् ।

यस्तोमा सीले तिब्बतको भ्रमण गरी कुटनीतिक तथा सामरिक दृष्टिकोणले भारत लगायतका देशले केही विशेष सन्देश दिन चाहेको अड्कल विश्लेषकहरूले गरेका छन् ।

सीको भ्रमण पछि भारतको तर्फबाट शनिबार त्यहाँका गृहमन्त्री अमित शाहले त्यस क्षेत्रको भ्रमण गर्न लागेका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पछि सरकारको दोस्रो शक्तिशाली व्यक्तिको रूपमा शाहले दुई दिनको पूर्वोत्तर भारतीय राज्यहरूको भ्रमणको आयोजना गरी त्यतातिर जान लागेका हुन् ।

सीले भ्रमण गरेको क्षेत्रबाट हवाई मार्गबाट ४६२ किलोमिटरको दूरीमा रहेको शिलाङमा पूर्वोत्तरका ८ राज्यका मुख्यमन्त्रीहरूको एक महत्वपूर्ण बैठकको आयोजना गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पूर्वोत्तर राज्यहरू असम, मेघालय, त्रिपुरा, नागल्यान्ड, मणिपुर, मिजोरम, अरूणाचल प्रदेश र सिक्किम सामेल छन् ।

चीनले अरूणाचल प्रदेश निकट सैनिक शिविर निर्माणको कार्य गरिरहेको चिन्ता भारतको बुझाइ रहेको छ ।

यस्तोमा राष्ट्रपति सीको यो भ्रमणले चिन्ता थपिएको भारतीय बुझाइ छ । भारतीय गृहमन्त्रीको यो भ्रमणबाट चिनियाँ सन्देशलाई जवाफ दिन खोजिएको छ ।

त्यसैपनि अरूणाचल प्रदेश आफ्नो भएकाो चीनले दाबी गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !