७ आश्विन २०८१, सोमबार

‘बा होइन, अब गुरुबा भनौ’

प्रकाशित मिति :  24 July, 2021 2:49 pm


काठमााडौं । युथफोर्सले शनिबार निकालेको ¥यालीमाा सहभागी एक नवप्रवेशीले अब ‘बा होइन अब गुरुबा भनौ’ भनी भनिने भएको छ ।

युथफोर्सले काठमाडौं उपत्यका कमान्ड घोषणा गर्ने कार्यक्रम राखेको छ ।

गुरु पूर्णिमाको अवसरमा उपत्यका कमान्डको घोषणा सभा अघि निकालिएको ¥यालीमा सहभागी एक नवप्रवेशीले बा भनी सम्बोधन गर्दा असफल भएकोले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अब गुरुबा भनी सम्बोधन गर्नुपर्ने भएको तिनले बताए ।

एमाले अध्यक्ष ओलीले बबरमहलको कार्की ब्याङ्केटमा आयोजित उपत्यका कमाण्डको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

माइतीघर मण्डलबाट सुरु भएको ¥याली बानेश्वरहुँदै बबरमहल पुग्ने कार्यक्रम रहेको तिनले जनाए ।

यसअघि सांसद महेश बस्नेतकै नेतृत्वमा भक्तपुरबाट मोटरसाइकल ¥याली निकालिएको थियो। ¥यालीमा सयौं युवा सहभागी भएका छन्।

सरकारले कोभिड–१९ को तेस्रो लहर आउनसक्ने जनाउँदै भीडभाड नगर्न, सभा, सभारोह तथा जुलुस निकाल्न रोक लगाएको छ । भीडभाड हुने भन्दै शैक्षिक संस्था बन्द रहेका छन्। तर जुलुसमा खासै नियन्त्रण गरिएको देखिएको छैन् ।

साँच्चिकै ‘गुरुबा’ले सम्बोधन गर्ने युथफोर्सको योजना रहेको हो कि भनी त्यसबारे सरोकारबालासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको हो ।

आफूलाई कतै नखुलाएका एक एमालेका एक नेताले अहिले उर्दी जारी गर्ने पार्टीका नेताहरूको कर्तुतले जेसुकै हुन सक्ने छ ।



प्रतिक्रिया दिनुहोस !