५ आश्विन २०८१, शनिबार

कोभिडका कारण मरेर जाने पतिको वीर्यले सन्तान जन्माउन सक्छिन् ती महिला ?

प्रकाशित मिति :  24 July, 2021 3:51 pm


Health workers carry the body of a person, who died from complications related to the coronavirus disease (COVID-19), for cremation at a crematorium in New Delhi, India, June 10, 2021. REUTERS/Danish Siddiqui

काठमाडौं । भारतको एक अदालतबाट कोरोनाभाइरसले ज्यान गुमाउने पतिको वीर्य पाउन सफल भएकी महिलाले सफलता पूर्वक सन्तान जन्माउन सक्छिन् भन्ने सवाल खडा भएको छ ।

कोरोनासंक्रमित भएका पतिको जीवन असुरक्षित देखेपछि वीर्य प्राप्त गर्न अदालत पुगेकी ती महिलाको प्रेमको भावनाबाट भाव विह्वलभइ अदालतका न्यायाधीशहरूले विशेष फैसला गरी उनलाई वीर्य उपलब्ध गराउन आदेश दिएका थिए ।

गुजरात प्रान्तको उच्च अदालतले बडोदराको स्टर्लिङ्ग अस्पतालमा भर्ना भएका पतिबाट वीर्य निकालिए पछि उनको निधन भयो ।

उच्च अदालतले दिएको आदेश अनुसार पतिको वीर्य संकलित गरियो । मृतककी पत्नीका वकिलले शुक्रबार बिहान उनको मृत्युको जानकारी दिए । ३२ वर्षीय व्यक्तिमा कोरोना संक्रमित भएपछि उनका अङ्गहरू काम गर्न छोडिदिएको थियो ।

क्यानाडाकी ती महिलाले यो व्यक्तिसँग सन् २०२०मा बिहे गरेकी थिइन् । चार वर्षदेखि सम्पर्कमा रहेका उनीहरूले सन् २०२०को अक्टोबर महिनामा बिहे गरे । ससुराको उपचार गराउन उनी पतिसँग सन् २०२१को फेब्रृअरीमा भारत आएकी थिइन ।

ससुराको ह्दयघातबाट मृत्यु भएपछि पति कोरोना संक्रमित हुन पुगे ।

१० मेमा पतिको स्वास्थ्य बिग्रिन थालेपछि बडोदार अस्पतालमा भर्ना गरियो । पत्नीले अदालतसमक्ष पतिलाई प्रेम गरेकोले उनको वीर्यबाट गर्भधारण गर्न चाहेकोले डाक्टरलाई उनको वीर्य उपलब्ध गराउन माग दाबी प्रस्तुत गरेकी थिइन् । अदालतको आदेश बिना वीर्य निकाल्न डाक्टरहरूले नमाने पछि उनले अदालतमा यस्तो उजुरी दिएकी थिइन् ।

उनले पाएको पतिको वीर्यबाट उनले सन्तानको सफल प्रजनन गराउन सफलता प्राप्त गर्छिन भन्ने सवाल खडा भएको छ । क्यानाडा विकसित देश भएकोले त्यो सम्भव भएको कतिपय डाक्टरहरूको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !