७ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री देउवाद्वारा ओलम्पिकमा सहभागी नेपाली टोलीलाई शुभकामना व्यक्त

प्रकाशित मिति :  24 July, 2021 4:15 pm


काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोकियोमा आयोजित ओलम्पिक ट्वेन्टी ट्वेन्टीमा सहभागी नेपाली टोलीका खेलाडीहरूले पदकसहित उत्कृष्ट प्रदर्शन गर्न सकून भनी शुभकामना दिएका छन् ।

गत वर्ष कोरोनाभाइरसका कारण एक वर्ष ढिला गरी बिना दर्शक भइरहेको सो ओलम्पिकमा भाग लिन गएका खेलाडीहरूद्वारा उत्कृष्ट प्रदर्शन होस भन्ने चाहना देउवाले व्यक्त गरेका हुन् ।

अन्तिम समयसम्म ओलम्पिक स्थगन हुन सक्ने आंशका बाबजुत शुक्रबार उद्घाटन भइ खेल सुरु भयो । शनिबार देखि पदक जित्ने परिणामहरू सार्वजनिक हुन थालेका छन् । सुटिङ्मा पहिलो स्वर्णको चिनियाँ महिला खेलाडीले रुसी प्रतिस्पर्धीलाई साँघुरो अन्तरले हराएर जित हात पारेकी थिइन् ।

सोही ओलम्पिकमा सहभागी नेपाली खेलाडीबाट पदक सहित उत्कृष्ट प्रदर्शनको चाहना आम नेपालीले गरिरहेको छ ।
सोही नेपाली चाहनालाई प्रधानमन्त्री देउवाले आफ्नो ट्वीटरमा शुभकामना दिएका हुन् ।

देउवाको ट्वीटरमा भनिएको छ “ टोकियोमाा भइरहेको ३२औं ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई मेरो व्यक्तिगत र संगो देशको तर्फबाट शुभेच्छा तथा शुभकामना व्यक्त गर्दछु ”



प्रतिक्रिया दिनुहोस !