७ आश्विन २०८१, सोमबार

बादल पत्नी नैनकलाले विप्लवलाई भनिन्,‘लक हामी मान्दैनम नी ! यो पनि मान्न पर्छ’

प्रकाशित मिति :  24 July, 2021 7:30 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक दौडधुपमा छन् ।

त्यसैक्रममा आज पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि भेट्न महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सचिवालय सदस्य सन्तोष बुढा बादललाई भेट्न पुगेका थिए ।

छलफलका क्रममा पूर्व सञ्चार तथा प्रविधिमन्त्री एव बादल पत्नी नैनकला थापाले आफू मन्त्री हुँदाको अनुभव सुनाएकी छन् । नेकपाका प्रवक्ता प्रकाण्डका बायाँ पट्टी बसेकी नैनकलाले आफू मन्त्री हुँदाको अनुभव सुनाएकी छन् ।

उनले भनेकी छन्,“यो बाइचान्स हो है मलाई बुढोले लगेर मलाई त्यो(मन्त्री) गराको होईन है, म त बाइचान्स मेरो लक भनम्, म त त्यो भएर लक हामी मान्दैनम नी,अहिले यो लक पनि मान्न पर्छ ।”

बादल गृहमन्त्रीबाट हटेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बादल पत्नी नैनकलालाई सञ्चार तथा प्रविधि मन्त्री बनाएका थिए । तर सर्वोच्च अदालतले हटाएको थियो । सोही प्रसँग आज विप्लव लगायतका नेतासँग छलफलका क्रममा आफ्नो कुरा सुनाएकी हुन् । महासचिव विप्लवका सहयोगि नारायणविक्रम चन्दले उक्त कुराकानी टिकटकमा हालेका छन् ।

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका कतिपय सांसद थिएनन् भने पार्टी छोडेपछि कारबाहीमा परेर पदमुक्त भएका थिए । जसमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलपनि थिए । सर्वोच्च अदालतले गैरसांसदलाई दोहोराएर फेरि नियुक्त गर्न नपाउने गरि आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री थपिएका बेला नैनकलालाई सञ्चार तथा प्रविधि मन्त्री बनाएका थिए । यद्यपी यो निर्णय पनि अदालतले खारेज गरेको थियो । उनी केही समय मात्रै मन्त्री हुन पाइन् । उनले त्यो अनुभव आज विप्लवसँगको छलफलमा सुनाएकी हुन् ।



प्रतिक्रिया दिनुहोस !