७ आश्विन २०८१, सोमबार

ओली निकट सांसदको बोलीले संसदीय समितिमा हङ्गामा

प्रकाशित मिति :  25 July, 2021 2:45 pm


काठमाडौ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाड्दा छाड्दै तयार पारेको राजनीतिक कथ्यले पुनस्र्थापित संसदमा हङ्गामा खडा गरेको छ ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ओली निकट सांसद नारदमुनि रानाले यो संसद र सरकार सर्वोच्च अदालतले बनाइ दिएको भनेपछि समितिका अन्य दलका सांसदहरूले उनलाई बाहिर जा भनी चेतावनी दिन थालेपछि हङ्गामा खडा भएको छ ।

आफ्नो बोल्ने पालो आएपछि एमाले ओली खेमाका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भने ।
यो भनेसँगैं काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बने ।

एमाले वरिष्ठ नेता माधव नेपालले रानाको सो अभिव्यक्तिपछि प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गरे । काँग्रेस सांसद विपिन राजभण्डारीले संसद र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा बोल्न नहुने चेतावनी दिए ।

साथै उनले मन्त्रिपरिषदमा गएर आएको सांसद समितिमा बस्न नपाउने नियम रहेको पनि बताए ।

सांसदहरूले रानालाई बैठकबाट निकाल्न भनेपछि समितिमा हङ्गामा भएको थियो ।

सभापति पवित्रा निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रित हुन आग्रह गरिन् । तर पनि सांसदहरू रानामाथि खनिएको खनिएकै गरे ।

 



प्रतिक्रिया दिनुहोस !