७ आश्विन २०८१, सोमबार

प्रशिक्षणको योजनामा जसपाका कार्यकारिणी सदस्यहरूलाई गोदावरीस्थित रिसोर्टमा लुकाइयो

प्रकाशित मिति :  25 July, 2021 4:06 pm


काठमाडौ । निर्वाचन आयोगले साउन ११ गते जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्यहरूलाई नागरिकता लिएर आउन भनेकाले सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पक्षकाहरूलाई गोदावरीस्थित रिसोर्टमा लुकाइ राखेका छन् ।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा पार्टी कब्जा गर्ने खतरनाक नेताहरू रहेकाले पार्टीका नेताहरूलाई लुकाउने काम भएको पार्टीका एक नेताले बताए ।

नेपाल सदभावना पार्टी आनन्दी देवी कब्जा गर्ने नेता ठाकुर समूहमा रहेकाले पक्षका नेताहरूको सुरक्षा गर्न गोदावरी स्थित रिसोर्टमा राखिएको थियो ।

यसअघि ठाकुर पक्षले सांसदहरूलाई महेश बस्नेतको संरक्षणमा रहेको भक्तपुर स्थित होटलमा लुकाइ राखेको थियो ।

आयोगले आधिकारिताका लागि कार्यकारिणी सदस्यहरूलाई बोलाएपछि ठाकुर पक्षले त्यसै सबै गुम्ने भएपछि सर्वोच्च अदालतमा निर्वाचन आयोग विरूद्ध उजुरी दिएको छ ।

अदालतले त्यो रोक्न नसके आधिकारिता उपेन्द्र यादवको पक्षमा जाने पक्का भएको छ ।

सोमबार प्रत्यक्ष उपस्थित गराउनका लाागि आफ्ना ३२ जना कार्यकारिणी सदस्यलाई प्रशिक्षण कार्यक्रम अन्तर्गत राखिएको सो दलका नेताहरूले बताउन थालेकाा छन् ।

निर्वाचन आयोगले यसअघि आधिकारिता विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गरी ११ साउनका लागि निवेदक पक्ष र विपक्षीदुवैलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको थियो ।

यसअघि नेपाल सदभावना पार्टी आनन्दीदेवी कब्जा गर्न केन्द्रीय समिति सदस्यहरूको अपहरण गराउने खेलमा संलग्न रहेका भनिएका नेताहरू राजेन्द्र महतो र अनिल झा ठाकुर पक्षमा रहेकाले यादव पक्ष तर्सिएको हो ।

ठाकुर पक्षबाट यसअघि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिचको एकीकरणको प्रक्रिया पूरा नगरी भएको जनता समाजवादी पार्टीको एकीकरण भङ्ग गर्नुपर्ने माग गर्दै रिट पनि दायर गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !