७ आश्विन २०८१, सोमबार

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

प्रकाशित मिति :  25 July, 2021 4:01 pm


काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा  राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।कोरोना महामारीका बेला स्वास्थ्य मन्त्रालय खाली राख्न नहुने भन्दै प्रधानमन्त्री देउवाप्रति दबाब बढ्दै गएको थियो ।

स्वास्थ्य मन्त्रालय जनता समाजवादी पार्टीलाई दिने तयारीमा रहेका देउवाले नाम मागेका थिए । तर, जसपाले नाम नदिएपछि कांग्रेसबाटै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

श्रेष्ठ कांग्रेसबाट समानुपातिक तर्फका सांसद हुन् भने शिक्षा तथा स्वास्थ्य समिति सदस्य थिए ।



प्रतिक्रिया दिनुहोस !