७ आश्विन २०८१, सोमबार

निर्वाचन आयोगलाई जसपाको आधिकारिकता विवाद टुंग्याउन बाटो खुल्ला

प्रकाशित मिति :  25 July, 2021 6:02 pm


काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको आधिकारिता सम्बन्धी निर्णयमा आन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आधिकारिकता विवाद टुंग्याउनका लागि आयोगले कार्यकारीणी सदस्यलाई सनाखतका लागि नागरिकतासहित उपस्थित हुन भनेपछि त्यसलाई रोक्न ठाकुर पक्षले रिट दायर गरेको थियो । तर, सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यससँगै निर्वाचन आयोगलाई जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याउन बाटो खुलेको छ ।

अहिलेसम्म जसपाका ५१ जना केन्द्रीय सदस्यहरूमा ३२ जना यादव पक्षमा देखिएका छन् । ३२ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्य कायम रहे उपेन्द्र यादव पक्षले आधिकारिकता पाउने छ ।



प्रतिक्रिया दिनुहोस !