७ आश्विन २०८१, सोमबार

मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति :  26 July, 2021 11:40 am


काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजे बस्ने गरी मन्त्रीपरिषद् बैठक बोलाएका हुन् ।

देउवाले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । आइतबार मात्रै प्रधानमन्त्री देउवाले सांसद उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्री बनेको दुई सातापछि देउवाले आफ्नै पार्टीबाट एकजना मात्रै राज्यमन्त्री थप्न सकेका छन् । मन्त्रिपरिषद् विस्तार गर्न नसकेपनि समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल गर्न बैठक बोलाइएको हो ।



प्रतिक्रिया दिनुहोस !