सरकारले विदेश जानेहरूलाई खोप दिन तोक्यो अस्पताल
प्रकाशित मिति : 26 July, 2021 1:49 pm
काठमाडौ । सरकारले विदेश जानेहरूका लागि खोप दिन दुई अस्पताल तोकि दिएको छ ।
काम गर्न र पढ्न विदेश जाने नेपालीहरूलाई सजिलो हुने गरी उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा खोप लिन पाउने व्यवस्था सरकारले गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचाना जारी विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जानकारी साझा गरेको छ ।
पासपोर्ट र भिसा हुनेहरूले त्यो देखाए मात्र खोप दिइने भएको हो । अहिले सबै खोप केन्द्रबाट विदेश जानेहरूले खोप लिने गरेकोमा अब यो दुइ अस्पतालबाट उनीहरूलाई सहजै दिन सकिने प्रावधान मिलाएको मन्त्रालयले जनाएको छ ।
यसरी खोप लगाएकाहरूलाई विदेशमा क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताबाट छुटकारा मिल्ने भएको छ ।