१२ मंसिर २०८१, बुधबार

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने

प्रकाशित मिति :  26 July, 2021 2:32 pm


काठमाडौं । आइकोनिक इन्टरनेसनल स्टारको रूपमा विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउने भएका छन् ।

आगामी असोजमा हुने ईपीएल को चौथो संस्करण खेल्न पाकिस्तानी त्रिकेटर (अलराउण्डर) अफ्रिदी नेपाल आउने भएका हुन् । अफ्रिदीले आगामी असोजमा हुने ईपीएल काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका छन् ।

काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको सार्वजनिक गरेको छ ।

४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३ सय ९८ ओडिआई, ९९ टि२० आई र ३ सय २६ टि२० खेल खेलेका छन्।
पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन्।

आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी छन्।



प्रतिक्रिया दिनुहोस !