७ आश्विन २०८१, सोमबार

कारागारबाट निर्वाचन आयोग लगिएका रेशम चौधरीले,‘भने म तटस्थ बस्छु’

प्रकाशित मिति :  26 July, 2021 3:19 pm


काठमाडौ । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य निर्वाचन आयोग पुगेर आफू तटस्थ बस्ने बताएका छन् ।

पार्टी आधिकारिताका लागि दुई अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवबीच सोमबार निर्वाचन आयोग टाउको गन्ती विधिमा जेलबाट आयोग उपस्थित भइ यस्तो बताएका हुन् ।

यसअघि जेलबाटै सनाखत गर्ने तयारी भएकोमा पछि चौधरी ठूलो संख्याको प्रहरीहरूको घेरामा आयोग पुगेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह नै आयोगमा खटि गएका हुन् ।

उपेन्द्र यादवको पक्षमा ३४ जना महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरी जसपाका कार्यकारिणी सदस्यहरूले सनाखत गरेका गरेका छन् ।  चौधरीले आफू कतै नलागी जसपाको कार्यकर्ता भएको तटस्थ बस्ने निर्णय गरेका हुन् ।

चौधरीलाई आयोग पुग्दा दुवै पक्षका नेताहरूले स्वागत गरेका थिए । एकीकरण भइ जसपा बन्नु अघि चौधरी ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीको तर्फबाट चुनाव लडी प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।

अदालतले उनलाई आन्दोलनको क्रममा भएको हत्याको अभियोगमा उनलाई सजाय भएकोले सजाय बेहोर्न डिल्ली बजार जेलमा राखिएको छ । जसपाका दुवै पक्षले चौधरीमाथि राजनीतिक मुद्दा लगाइ फसाइएकोले माफी हुनुपर्ने माग गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !