१२ मंसिर २०८१, बुधबार

स्वास्थ्य मन्त्रालयले भन्यो : असोजदेखि कोभिड-१९ को तेस्रो लहर आउन सक्छ

प्रकाशित मिति :  26 July, 2021 3:23 pm


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज महिनाबाट कोभिड १९ को तेस्रो लहर सुरु हुनसक्ने बताएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै मन्त्रालयले संक्रमणको आगामी ५ महिनामा करिब २ लाख संक्रमित थपिन सक्ने बताएको हो ।

 सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले उक्त कुरा बताएका हुन् । उनका अनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम रहेको छ ।

संक्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !