५ आश्विन २०८१, शनिबार

फ्रान्सका राष्ट्रपति भन्छन् “खोप नलिने भन्नु गैरजवाफदेहीता र अंहकारवाद हो, स्वतन्त्रता होइन”

प्रकाशित मिति :  26 July, 2021 3:52 pm


काठमाडौ । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले कोभिड–१९ विरूद्धको खोप नलिने भन्नु स्वतन्त्रता नभएर गैरजवाफदेहीता र अहंकारवाद भएको बताएका छन् ।

स्वतन्त्रताको बुझाइ कर्तव्यको पारस्परिक बुझाइमाा आधारित हुन्छ यो स्वार्थीपन हुन नसक्ने राष्ट्रपति म्याक्रोनले बताए ।

हरेक व्यक्तिलाई कोरोनाभाइरसको खोप लिन आग्रह गर्दै म्याक्रोनले भने “ हरेकले खोप लिनुपर्छ । लिन्न भन्नुलाई स्वतन्त्रता भनिदैन यो गैरजवाफदेहीता , अहंकारवाद हो ।”

हजारौं मानिस फ्रान्समा कोभिड–१९सम्बन्धी लकडाउन र खोपको प्रावधान लागु गर्ने सरकारको विरोध गर्दै प्रदर्शन गरी आएका छन् ।

सरकारले कोभिड खोप राहदानी ‘भ्याक्सिन पासपोर्ट’ जारी गर्ने गरेको निर्णयको विरोध प्रदर्शनलाई लक्षित गर्दै म्याक्रोनले यस्तो बताए ।

रेस्टरन्ट लगायतका सार्वजनिक ठाउँमा खोप राहदानी नभएकालाई प्रवेश निषेध गर्ने सरकारी योजनाको विरोध फ्रान्स लगायतका विकसित देशहरूमा भइरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !