७ आश्विन २०८१, सोमबार

महतोले भने, ‘ओली प्रतिगमनकारी नै हुन्’

प्रकाशित मिति :  26 July, 2021 4:14 pm


काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षधर नेता राजेन्द्र महतोले आफू सहभागी भएको पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिगामी रहेको बताएका छन् ।

पूर्ववर्ती सरकारमा उपप्रधानमन्त्री बनेर १८ दिनमै सर्वोच्च अदालतको फैसलाबाट पदच्युत भएका नेता महतोले सोमबार निर्वाचन आयोगको परिसरमा उभिएर यस्तो बताए ।

उनले हाम्रालागि ओली र देउवा सब बराबर हुन् ।

पहिलेदेखि काँग्रेस, एमाले माओवादी सब मिलेर प्रतिगमनकारी संविधान बनाएको हामीले भन्दै आएको हो भन्दै महतोले भने “ जनता अगाडि बढ्छन् । यो बहुल राष्ट्रिय राज्य सबैको देश हो । सम्पूर्ण नेपालीको देश हो । यो चाहिँ संवैधानिक र व्यवहारिक रूपले पनि हामीले निर्माण गर्न सक्नुपर्छ ।”

पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै महतोले भने“ दल कतै गएको छैन। ५१ जनामात्र दल होइन । दल जनताबाट निर्माण हुने हो । यो कुरा हामीले बुझेका छौं ।

जवाफमा उनले भने “दल कतै गएको छैन । ५१ जनामात्रै दल होइन, दल जनताबाट निर्माण हुने हो । यो कुरा हामीले बुझेका छौं । हामीले यहाँ विभाजनसम्बन्धी जुन प्राविधिक काम गर्यौं, यो दुर्भाग्यपूर्ण हो ।”



प्रतिक्रिया दिनुहोस !