७ आश्विन २०८१, सोमबार

यादव पक्षलाई आधिकारिकता

प्रकाशित मिति :  26 July, 2021 5:26 pm


काठमाडौ । जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ । जेलमा रहेका रेशम चौधरीले आयोग पुगी आफू तटस्थ बस्ने निर्णय दिएपछि आयोगले आधिकारिकता दिने प्रक्रिया पु¥याएर त्यसको जानकारी दिएको हो ।

आयोगलले जसपाका सबै कार्याकारिणी सदस्यलाई नागरिकता लिन उपस्थिति हुन भने अनुसार साउन ११ गते सबै सदस्य बाह्र बजेसम्म पुगरे आआफ्ना पक्षमा सनाखत गरिसकेका थिए ।

डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरीले आयोगमा आउन ढिला हुँदा प्रक्रिया पु¥याउन ढिलाइ भएको देखिएको हो ।

उपेन्द्र यादवको पक्षमा ३४ जना महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरी जसपाका कार्यकारिणी सदस्यहरूले सनाखत गरेका थिए ।
चौधरीले आफू कतै नलागी जसपाको कार्यकर्ता भएको तटस्थ बस्ने निर्णय गरेका थिए ।

यसरी ५१ जनामा एकजना तटस्थ, ३४ जना यादव पक्षमा र १६ जना ठाकुर पक्षमा सनाखत गरेपछि आयोगको पूर्व निर्धारित विधि प्रक्रिया अनुसार जसपा पार्टीको आधिकारिकता यादव पक्षमा दिने निर्णय गरिएको हो ।

आयोगको यो प्रक्रिया पूरा हुन नदिन ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरे पनि सो अनुरूप अदालत परमादेश नदिएपछि आजको यो आधिकारिकता  सम्बन्धी प्रक्रिया सम्पन्न भएको हो ।

 



प्रतिक्रिया दिनुहोस !