५ आश्विन २०८१, शनिबार

फ्रान्सेली संसदमा खोप बाध्यकारी बनाउने विधेयक पारित

प्रकाशित मिति :  26 July, 2021 6:36 pm


काठमाडौ । फ्रान्सको संसदमा खोपलाई बाध्यकारी बनाउने विधेयक पारित गरिएको छ ।

डेल्टा भ्यारियन्टले निम्त्याएको समस्याका लाागि कोभिड–१९ खोपलाई बाध्यकारी बनाउन बनेको विधेयकलाई संसदमा पारियो ।

यो पारित विधेयक अनुसार फ्रान्सको स्वास्थ्यकर्मीहरूलाई खोप लिनुपर्ने छ । यसैगरी रेस्टरन्ट जस्ता सार्वजनिक स्थलमा जान पाउन स्वास्थ्य पास आवश्यक हुने बाध्यकारी बनाइएको छ ।

स्वास्थ्य पासमा खोप लिएको र कोरोना निगेटिभ परीक्षण भएको प्रमाण पत्र उपलब्ध गराउनुपर्छ ।

यो विधेयकलाई फ्रान्सको संवैधानिक अदालतमा अन्तिम अनुमोदन गर्नुपर्ने आवश्यकता हुन्छ ।

सरकारले ल्याउन लागेको खोप राहदानीको विरोधमा सडक प्रदर्शन फ्रान्समा भइरहेको छ ।

स्वास्थ्य पासलाई मानवअधिकार र स्वतन्त्रता विरोधी भएको भन्दै सरकारको विरोध प्रदर्शन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !