पछिल्लो २४ घण्टामा देशभर ३४२१ कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४ सय २१ जना कोरोना संक्रमित थपिएका छन् भने २५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै मन्त्रालयको तथ्यांकअनुसार १ हजार ६८६ जना निको भएका छन् ।यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ ।
तीमध्ये ९ हजार ९,७३८ जनाको मृत्यु भएको छ भने ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन् । जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै काठमाडौं उपत्यकामा एकै दिन ९९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।