७ आश्विन २०८१, सोमबार

प्रदेश प्रमुख हेरफेरको तयारी,कम्तिमा ३ प्रदेश प्रमुख तत्कालै फेरिने

प्रकाशित मिति :  27 July, 2021 12:12 pm


काठमाडौं । सरकारले प्रदेश प्रमुख हेरफेरको तयारी गरेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा नियुक्त भएका प्रदेश प्रमुखहरूलाई हटाउन लागिएको हो ।

यसबारे आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । लुम्बिनी, गण्डकी र प्रदेश २ का प्रमुखलाई हटाउने तयारी गरिएको स्रोतको दाबी छ ।

ओली नेतृत्वको सरकारको पालमा गण्डकीमा अमिक शेरचनलाई हटाएर सीता पौडेल र प्रदेश २ मा तिलक परियारलाई हटाएर डा. राजेश अहिराजलाई नियुक्त गरिएको थियो । लुम्बिनीमा कांग्रेसबाट नियुक्त उमाकान्त झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाइएको थियो । गठबन्धनका नेताहरूबीच सातै प्रदेशमा प्रदेश प्रमुख बाँडफाँट गर्ने समझदारी बनेको छ ।

सरकारको सिफारिमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ । सरकार हेरफेरसँगै प्रदेश प्रमुख समेत हेरफेर हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !