७ आश्विन २०८१, सोमबार

माओवादी केन्द्रको आकस्मिक बैठक, थप मन्त्रीको चयनबारे चर्चा हुने

प्रकाशित मिति :  27 July, 2021 3:19 pm


काठमाडौ । नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी कमिटी बैठक बोलायो । अध्यक्ष प्रचण्डले मंगलबार बिहान एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।

दुई नेतासँगको भेटपछि प्रचण्डले आकस्मिक स्थायी समिति सदस्यहरुलाई पेरिसडाँडा आउन भनी बोलाएका हुन् ।

सरकारमा कसलाई पठाउने विषय लगायतका विषयमा सो बैठकमा छलफल हुने भएको अपेक्षा गरिएको छ।

गत साउन ७ गते बसेको बैठकले आगामी साउन १७ गते स्थायी समिति र २० गते केन्द्रीय समिति बैठक बस्ने मिति तय भएकोमा यो स्थायी कमिटी बैठक आकस्मिकरूपले बोलाइएको हो ।

यसअघि प्रचण्डले पार्टीका सबैलाई मन्त्री बनाउनुपर्ने तनाव आफूलाई आइपरेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !