पूर्वसभामुख महराले उच्च अदालतबाट पाए सफाइ
प्रकाशित मिति : 27 July, 2021 3:30 pm
काठमाडौ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणीको मुद्दामा सफाइ पाएका छन् ।
उच्च अदालत पाटनले काठमाडौ जिल्ला अदालतको सुरु फैसला सदर गरेको छ ।
न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको सुरु फैसला सदर गरेको हो ।
काठमाडौ जिल्ला अदालतको सुरु फैसलामा महराले सफाइ पाएका थिए । संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो ।
सो मुद्दामा महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिलको कार्यालयका वकिलले उच्च अदालतमा पुनरावेदन गएका थिए ।
करणी उद्योगको दाबी नपुगेको भनी काठमाडौ जिल्ला अदालतले महरालाई सफाइ दिएको थियो ।