७ आश्विन २०८१, सोमबार

गण्डकीमा अमिक शेरचन र प्रदेश २मा तिलक परियारलाई फेरि प्रदेश प्रमुख नियुक्ति गर्न सिफारिस

प्रकाशित मिति :  27 July, 2021 4:24 pm


काठमाडौं  । नेकपा माओवादी केन्द्रले प्रदेश २ र गण्डकी प्रदेशमा पुरानै प्रदेश प्रमुखलाई फेरि नियुक्त गर्न पार्टीको तर्फबाट सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले निर्णय गरिएको स्थायी कमिटी सदस्यहरूले निर्णय सार्वजनिक गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारद्वारा हटाइएका प्रदेश प्रमुखलाई नै निरन्तरता दिने माओवादी केन्द्रले निर्णय गरेको हो ।

बालुवाटारमा सुरु भएको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख हेरफेरको निर्णय गर्ने बताइएको छ । माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरूका नामबारे बुधबार स्थायी कमिटीको बैठकबाट निर्णय लिने भएको छ ।



प्रतिक्रिया दिनुहोस !