७ आश्विन २०८१, सोमबार

लुम्बिनी र गण्डकीमा पुराना हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस

प्रकाशित मिति :  27 July, 2021 5:49 pm


फाइल फोटो

काठमाडौं । सरकारले लुम्बिनी प्रदेश प्रमुख र गण्डकी प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्री परिषद् बैठकले ओली सरकारका बेला नियुक्त भएका प्रदेश प्रमुख हटाएर लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो ।

यसअघि ओली सरकार नेतृत्वले गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथप्रसाद यादव र प्रदेश–२ का राजेश झा अहिराज नियुक्त गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !