९ माघ २०८१, बुधबार

नेपालमा कोरोनाको नयाँ रुप कप्पा भेरियन्ट पुष्टि

प्रकाशित मिति :  27 July, 2021 6:34 pm


काठमाडौं । नेपालमा कोरोनाको नयाँ रुप कप्पा भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बढी संक्रमक मानिने कप्पा भेरियन्टको पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले जेठदेखि असारसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरि ४७ वटा नमुनाहरू परीक्षणका लागि पठाइएको थियो ।

विश्व स्वास्थ्य संगठनको नेपाल स्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयनमा भारतको नयाँ दिल्लीस्थित प्रयोगशालामा जिनोमिक पहिचानका लागि असार ३० गते पठाइएको थियो ।

जिनोमिक पहिचान गर्दा सबै नमुनाहरूमा डेल्टा भेरियन्ट पुष्टि भएको छ । पुष्टि भएका मध्य ३ वटामा थप उत्परिवर्तन भेटिएको छ ।
यससँगै हालसम्म नेपालमा अल्फा, डेल्टा भेरियन्ट तथा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यि भेरियन्टहरू बढी संक्रमक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट देखिएको मन्त्रालयको भनाई छ ।

मन्त्रालयले भनेको छ,“ त्यसैले संक्रमणको जोखिम बढीरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ । ”



प्रतिक्रिया दिनुहोस !