५ आश्विन २०८१, शनिबार

आईएमएफले उदीयमान एसियाको आर्थिक वृद्धि पूर्वानुमान घटायो

प्रकाशित मिति :  28 July, 2021 1:39 pm


काठमााडौ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले उदीयमान एसियाको आर्थिक वृद्धिदर पूर्वानुमान घटाएको छ ।

कोरोनाभाइरसका नयाँ भ्यारियन्टहरू र खोप अभियानमा भइरहेको ढिलाइले एसियाली देशहरूको आर्थिक परिदृश्यमा समस्या थपेको आईएमएफले जनाएको छ ।

विश्व आर्थिक परिदृश्यलाई अपडेट गरी आईएमएफल उदीयमान एसियाको आर्थिक वृद्धि ७.५ प्रतिशतमा रहने जनाएको छ ।
अप्रिलमा गरेको पूर्वानुमानको तुलनामा यो १.१ प्रतिशतले कम रहेको छ ।

भारतमा कोभिडको दोस्रो लहरले पारेको समस्याले उसको आर्थिक वृद्धि परिदृश्य अपेक्षितरूपमा सुधार हुन नसकेको जनाइएको छ।
यसैगरी आसियानका सदस्य देशहरूमा कोभिडको समस्याले आर्थिक गतिविधिलाई समस्या पारेको छ ।

भारतको यसअघि गरिएको वृद्धिमा ३ बिन्दुको कमी आउने जनाएको छ भने चीनको पूर्वानुमानमा शून्य दशमलव ३ बिन्दुको कमी जनाइएको छ ।

सन् २०२२मा उदीयमान एसियाली देशहरूको आर्थिक वृद्धि ०.४ प्रतिशत देखि ६.४ प्रतिशतसम्म हुने आईएमएफले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !