आईपीओ निष्काशन गर्न स्वेत गंगा हाईड्रोले बोलायो विषेश साधारण सभा
प्रकाशित मिति : 28 July, 2021 1:58 pm
काठमाडौं । सेयर निष्काशन गर्ने तयारीका साथ स्वेत गंगा हाईड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले प्राथमिक सेयर आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित धुम्बाराही साधारण सभा बोलाएको छ ।
कम्पनीले उक्त साधारण सभा धुम्बाराही स्थित अकामा होटलमा साउन २८ गते दिनको १ बजे बलाएको छ ।
सभाले आईपिओ जारी गर्ने सम्बन्धी प्रस्तावका साथै आईपिओ निष्काशनबाट प्राप्त रकम उपयोग सम्बन्धी वित्तिय योजना र रणनिती, परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको सेयरका सम्बन्धमा छलफल हुनेछ ।
साथै आईपिओ निष्काशनका सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त र्निदेशन बमोजिमका कार्य गर्न गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु मथि छलफल गरी पारित गर्ने छ ।