१२ मंसिर २०८१, बुधबार

नेप्से ३१ सयको हाराहारीमा पुगेर नयाँ कीर्तिमान कायम

प्रकाशित मिति :  28 July, 2021 3:57 pm


काठमाडौं । सेयरबजारमा आज पनि नयाँ कीर्तिमान कायम भएको छ । केही दिनयता लगातार कीतिमान कायम गरेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकले आज हाल सम्मकै उच्च विन्दु ३१ सयको हारहारीमा पुगेर नयाँ कीतिमान कायम गरेको हो ।

मंगलबार ३०७९.६७ अंकमा पुगेर कीर्तिमान कायम गरेको बजार आज पनि १५.३० अंकले बढेर ३०९४.९४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अंकले बढेर ५७४.३२ मा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको सेयर घटेको छ ।

आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । जसमध्ये नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स लिमिटेड र चन्द्रागिरी हिल्सको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

नेप्सेमा आज कारोबारको आधारमा यूनाइटेड मोदी हाइड्रो पावर लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ३८ करोड ६१ लाख ४७ हजार ८ सय १८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कूल २१९ वटा कम्पनीको २ करोड ८१ लाख ७० हजार एक सय ७२ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !