७ आश्विन २०८१, सोमबार

एमाले नेपाल पक्षमा सरकारमा सहभागी हुनुपर्ने जोड

प्रकाशित मिति :  28 July, 2021 4:32 pm


काठमाडौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

बुधबार बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा भएको छलफलमा सहभागी अधिकांश सांसदहरूले सरकारमा सहभागी हुनुपर्ने धारण राखेका थिए ।

छलफलमा सहभागी सांसद मेटमणि चौधरीले सहभागीहरू अधिकांशले सरकारमाा जानुपर्ने धारण व्यक्त गरेको जानकारी सार्वजनिक गरेका छन् ।

उनका अनुसार समाचारमा बाहिर आएजस्तो नेता नेपालले सरकारमाा सहभागी नहुने भनेजस्तो कुरो भनेका छैनन्

नेता नेपालसहित १९ सांसदको सहभागितमा भएको छलफलमा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मतदान गरेका एमाले सांसदले छलफल गरेका हुन् ।

देउवाको पक्षमा नेपाल निकट २२ सांसदले मत हालेको भएपनि ती मध्ये तीन जना काठमाडौं बाहिर भएकाले अनुपस्थित रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !